प्रतिष्ठानमा कोभिड सङ्क्रमित महिलाको मृत्यु

धरान,१८ माघ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोभिड–१९ सङ्क्रमितको सोमबार राति मृत्यु भएको छ । प्रतिष्ठानका प्रवक्ता डा. चुडामणि पोखरेलका अनुसार धरान–८ निवासी ५२ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।
गत माघ १६ गते पीसीआरबाट कोरोना सङ्क्रमण पुष्टि भएपछि ती महिला १७ गते अस्पताल र्भा भएकी थिइन् । पोखरेलका अनुसार उनले कोरोनाविरुद्धको खोप पनि लगाएकी थिइन् । तर उनी मिगौंलासम्बन्धी रोग तथा मधुमेहको समस्याबाट पीडित थिइन् । उनको शवको व्यवस्थापन नियमअनुसार भइरहेको अस्पतालले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published.