संघद्धारा ट्राफिक प्रहरी दमकलाई प्रिन्टर प्रदान

दमक, १७ माघ । दमक उद्योग बाणिज्य संघले ईलाका ट्राफिक प्रहरी कार्यालय दमकलाई एक थान प्रिन्टर उपलब्ध गराएको छ । संघको कार्यालयमा सोमबार संक्षिप्त कार्यक्रम गरि मल्टियूजर प्रिन्टर दमक ट्राफिकलाई हस्तान्तरण गरेको हो ।
संघका अध्यक्ष गोकुल श्रेष्ठले फोटोकपी, स्क्यानर र प्रिन्ट गर्न मिल्ने एक थान मल्टियूजर प्रिन्टर ईलाका ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव निरीक्षक सुन्दर श्याम पोखरेललाई हस्तान्तरण गरे ।
प्रिन्टर हस्तान्तरण गर्दै संघका अध्यक्ष श्रेष्ठले नागरिकसंग प्रत्यक्ष जोडिएको ट्राफिक प्रहरीको सेवालाई थप प्रभावकारी बनाउन उक्त सहयोग सामाग्री उपलव्ध गरिएको बताए ।
कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष गोपाल गुरागाईं, द्वितीय उपाध्यक्ष राजु खड्का, तृतीय उपाध्यक्ष रमा लिम्बु, ईलाका ट्राफिक प्रहरी कार्यालयको भवन निर्माणका समिति सचिव तथा बाणिज्य संघका कार्य समिति सदस्य चन्द्र खत्री लगायत संघका पदाधिकारी,सदस्यहरुको उपस्थिति रहेको थियो ।…

Leave a Reply

Your email address will not be published.