मेचीनगर,१५ माघ । मेचीनगर–३ दुधे गोलाटारमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर–३ का ४२ वर्षीय मेघेन्द्र विक रहेका छन् । सोही स्थानकी पूजा देवानको बारीमा रहेको लामपात्तेको रुखको हाँगा झार्ने क्रममा सोही रुखबाट लडेर विक गम्भीर घाइते भएका थिए । उनको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।