बाबुले चलाएको ट्याक्टरले किचेर छोरीको मृत्यु

सुरुङ्गा,१५ माघ । कनकाई नगरपालिका- ७ दुर्गापुरमा बाबुले चलाएको ट्याक्टरले किचेर छोरीको मृत्यु भएको छ । शनिवार दिउँसो १२ बजे तिर स्थानीय बालकृष्ण दुलालले चलाएको ट्याक्टरले किचेर आफ्नै २ बर्षिया छोरी आरुची दुलालको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ ।
दुलालको मे १ त ७५९ नम्बरको टयाक्टर पछाडि सार्ने क्रममा ट्याक्टर पछाडि खेलीरहेकी आफ्नै छोरीलाई किचेको थियो । छोरीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक मानबहादुर जिम्बाले बताए । दुर्घटनामा संलग्न टयाक्ट्रसहित चालकलाई प्रहरीले अनुसन्धानका क्रममा नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published.