
ताप्लेजुङ, १४ माघ । ताप्लेजुङको मैवाखोला गाउँपालिका भित्र ५५९ जना गरिब पहिचान भएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रलयद्वारा गरिब पहिचान र परिचय कार्यक्रममा सो संख्यामा गरिबको प्रारम्भिक सूचीमा परेको हो ।
अति विपन्न २३६ जना रहेको मैवाखोला गाउँलिकाको जनाएको छ । १२२ जना सामान्य गरिब रहेको छ भने त्यस्तै १३८ जना मध्यम गरिब गरेको गाउँपालिकाको गुनासो सुनुवाइ अधिकारी अनिल तामाङले बताए ।
गत २०७६–७७ आर्थिक वर्षमा भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गाउँपालिकामा तथ्यांक संकलन गरेको थियो । सो तथ्यांकलाई अन्तिम रुप दिनका लागि गाउँपालिकामा गुसानो सुनुवाई अधिकारी नियुक्ति समेत गरिसकेको मन्त्रलयले जनाएको छ । बिहीबारदेखि २८ माघसम्म आफूले चित्त नबुझेको खण्डमा उजुरी दिन समय तोकिएको गुनासो सुनुवाइ अधिकारी तामाङले बताए ।
तोकिएको समयमा कुनै गुनासो तथा उजुरी नपरेमा सार्वजनिक भएको तथ्यांकका आधारमा गरिब पहिचान परिपत्र मन्त्रालयले वितरण गर्ने तामाङले बताए ।
अर्थ मन्त्रालय र भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आगामी असार मसान्तभित्रमा गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्य सम्पन्न गर्ने निर्णय मन्त्रलयले जनाएको छ । गरिब घरपरिवार परिचय पत्रले लक्षित एवं विपन्न वर्गलाई राहत, सहुलियत, रोजगारी, सामाजिक सुरक्षा लगायतमा विशेष सहयोग पु¥याउने उद्देश्यले गरिब तथा विपन्न वर्गलाई लक्षित गरी विभिन्न निकायबाट सञ्चालित कृषि कर्जा, सहुलियतपूर्ण व्याज, कृषिका लागि अनुदान, स्वास्थ्य उपचार, शिक्षामा सहुलियत लगायतका कार्यक्रमहरुको प्रभावकारिता दिने मन्त्रलयले जनाएको छ ।