बिर्तामोड, ९ माघ । बिर्तामोडको पश्चिम बस स्टेण्डमा आज विहान प्रेसर कुकर बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ । आइतबार विहान ६ वजेतिर स्थानीयले शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीको अनुरोधमा नेपाली सेनाको चारआलीस्थित नयाँ श्री नाथ गणबाट बम डिस्पोजल टोलीले २ सय मिटर पर लगेर डिस्पोज गरिसकेको छ ।
गणका प्रमुख सेनानी अमरजंग थापाले सर्वसाधरणलाई तर्साउन पे्रसर कुकरमा तारहरु जोडिएर मात्र राखेको जस्तो देखिन्छ ,यसमा विष्फोटक पदार्थ नभएको बताए । ती शंकास्पद वस्तु भेटिएको ठाउँमा हिमाल सुरक्षा परिषद नेपालको पर्चा भेटिएको छ । पर्चामा नेपाललाई हिन्दू राज्य कायम गरिनु पर्ने, संघीयता खारेज गरिनु पर्ने लगायतका माग गरेको उल्लेख छ ।