
दमक,२९ पुस । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज ) प्रदेश १ समितिको नयाँ नेतृत्व चयन भएको छ । गएराति मोरङको पथरीमा सम्पन्न दोश्रो प्रादेशिक अधिबेशनको निर्वाचनबाट अध्यक्षमा सन्तविर लामा ,उपाध्यक्षमा राजेन्द्र राई (दुष्ट ) र अप्सरा समाल, महासचिवमा सुसन राई, सचिवमा सन्देश सुब्बा र प्रदिप चौधरी तथा कोषाध्यक्ष प्रेम देवान सर्वसम्मत निर्वाचित भएका छन् ।
यसरी नै कार्यसमिति सदस्यहरुमा बसन्त पालुङ्वा, मोहन तामाङ, संदिप राई, ब्रह्मलाल हजारी, सुप्रिया राई, शर्मिला राई, प्रमिला श्रेष्ठ, विजय धिमाल निर्वाचित भए । त्यस्तै खगेन्द्र कुलुङ, अतित योङहाङ, राजन साम्पाङ, ज्ञानु केदेम, एलवी लावती र बाबुराम मुडियारी सदस्यमा निर्वाचित भएका छन् ।
यसैगरि लेखा समितिका संयोजकमा महेन्द्र मादेन र सदस्यहरुमा दिपक राई र नेत्रकुमार सुनुवार ,अनुशासन समितिको संयोजकमा वीरबहादुर पापो र र सदस्यद्धयमा सोनीकुमार आङदेम्बे र विजयकुमार राई सर्वसम्मत निर्वाचित भएका छन् ।
महाधिवेशनले ११ बुँदे समसामयिक ‘पथरी घोषणापत्र’ पारित गरेको छ । महाधिवेशनले प्रदेश १ को नाम पहिचान र सामथ्र्यको आधारमा ‘लिम्बुवान–किरात’ वा ‘किरात–लिम्बुवान’ राख्न माग गरेको छ ।
अधिबेशनले फोनिजमा आवद्ध पत्रकारहरुको क्षमता अभिबृद्धिमा सहयोग पुरयाँउने हेतुले रु १० लाखको अक्षय कोष स्थापना गर्नुका साथै आफनो मुखपत्र ‘अग्रगामी कदम’ स्मारिकाको बिमोचन गरेको छ ।
प्रादेशिक अधिबेशनमा प्रदेश १ का १४ जिल्ला शाखाबाट १५० जना प्रतिनिधि ,पर्यवेक्षकको सहभागिता रहेको थियो । दुई दिने उक्त अधिबेशनको उद्घाटन प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्गवोले गरेका थिए ।