दमकमा कांग्रेसद्धारा टोल समिति गठन कार्य तीव्र

दमक,२५ पुस । नेपाली कांग्रेसले दमकमा सांगठानिक निर्माण कार्य तीव्र बनाएको छ । कांग्रेस दमक नगर समितिले दमकका सवै १० वटै वडा भित्रका टोल टोलमा सांगठानिक निर्माण कार्य तीव्र बनाएको हो ।
यसैक्रममा दमक वडा नम्बर ८ ले वडा भित्र पार्टीको टोल समिति गठन गर्न थालेको छ । जसअन्तगर्त दुईवटा टोल समिति गठन गरिएको कांग्रेस वडा सभापति चन्द्र खत्रीले जानकारी दिए । उनका अनुसार वडाको १ नम्बर टोलमा देवी अधिकारीको संयोजकत्वमा र २ नम्बर टोलमा गायत्री त्रितालको संयोजकत्वमा १७ सदस्यीय टोल समिति गठन गरिएको छ । पार्टी संगठनलाई घर घरमा पु¥याउन पार्टी बिधान बमोजिम टोल समिति गठन गरिएको वडा सभापति खत्रीले बताए ।
आगामी निर्वाचनमा पार्टीलाई जिताउने गरी गतिबिधि गर्ने र नागरिकका कुनै समस्या वा गुनासा भए त्यसको पहल कदमी गर्नका लागी टोल समितिले काम गर्ने उनले बताए । वडालाई ७ क्षेत्रमा बिभाजन गरि ७ वटा टोल बनाएको र सबै टोलमा समिति गठन गरेर पार्टी गतिबिधिलाई क्रियासिल गरिने वडा सचिव श्याम तिम्सिनाले बताए ।

Leave a Reply

Your email address will not be published.