इलाममा एमाले परित्याग गरि कांग्रेसमा प्रवेश गर्नेको लर्को

इलाम ,२० पुस । इलाममा सयौंका संख्यामा नेकपा एमाले परित्याग गरि नेपाली कांग्रेसमा प्रबेश गरेका छ्न्। इलाम नगरपालिका वडा नं ८ का ५५ घर परिवारका २५० जना एमाले परित्याग गरेर कांग्रेसमा प्रबेश गरेका हुन् ।
उनीहरुलाई काँग्रेस इलामका सभापति डम्बर बहादुर खडकाले साधारण सदस्यता सहित खदा लगाएर स्वागत गरेका छ्न् । कांग्रेसमा प्रवेश गरेका देबि भक्त राय,बासु सापकोटा ,श्री प्रसाद थेबे, नरेश राई , मित्र घिमिरे, हरि कृष्ण भट्टराई ,दिल कुमार महत,अर्जुन देवान , प्रेम बहादुर राउत,गायत्री भट्टराई ,सुशील कार्की , वसन्त अधिकारी लगायत अन्य लामो समयसम्म नेकपा एमालेमा सकृय रुपमा काम गरेका संगठीत सदस्यहरु रहेको बताईएको छ । उनीहरुले एमालेले देश र जनताको पक्षमा काम नगरेको भन्दै त्यो पार्टी त्यागेर लोकतन्त्रको पक्षधर कांग्रेसमा प्रवेश गरेको बताए ।

इलाम वडा नं ८ का सभापति दलमान तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपसभापतिहरु खगेन्द्र देवान , बिष्णु दाहाल , जिल्ला सहसचिव देवेन्द्र सुवेदी ,नगर सभापति तिर्थ गुरुङ, महाधिवेशन प्रतिनिधि केदार थापा लगायत काँग्रेसका जिल्ला सदस्यहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.