
दमक,१० पुस । दमक- ६ मा रहेको किरात युमा माङ्गहिम तथा क्या.भिसी राम बहादुर बेघा लिम्बू प्रतिष्ठानको तेस्रो अधिबेशनले नयाँ नेतृत्व चयन गरेको छ ।
माङ्गहिममा आज सम्पन्न तेश्रो अधिबेशनले मोहनमाङ थेवेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षमा मोहन बेघा,सचिवमा भिम राज बेघा,सहसचिवमा कबिन्द्र सेर्मा , कोषाध्यक्षमा मनकुमारी पन्दाक बेघा र सहकोषाध्यक्षमा पदम बेघा चुनिएका छन् ।
यसैगरि सदस्यहरु दरबार सिंह तुम्बाहाम्फे,उदिमान तुम्रोक,गंगा प्रसाद पाहिम,दलबिर शेर्मा,तिल बहादुर शेर्मा,मन कुमारी बेघा साम्यू, कुल बहादुर लिङदेन,ओम माया आङदेम्बे,तिलक सिंह बेघा,लक्ष्मी प्रसाद बेघा,प्रतिमा सेवा इङ्बुङ,भुपेन्द्र बेघा रहेका छन् । यसैगरि अधिवक्ता दिल बहादुर इङनामलाई कानुनी सल्लाहकार र हस्त बहादुर बेघा ,गुमान सिंह सम्बाहाम्फे,यादब सिंह बेघा,देबेन्द्र चेम्जोङ्ग र पृथी बहादुर बेघा रहेको एक सल्लाहकार समिति समेत गठन गरिएको जनाईएको छ ।
प्रतिष्ठानका संरक्षक हनेरी क्याप्टेन भिसी राम बहादुर बेघा लिम्बूको प्रमुख आतिथ्यतामा भएको अधिबेशन उद्घाटनमा भिसी बेघाकी धर्मपत्नी संरक्षक पुनिमाया चाम्लिङ्ग राई बेघा , अधिवक्ता दिल बहादुर इङ्नाम , दमक प्रज्ञा प्रतिष्ठानका सचिव बिष्णु नेउपाने लगायतको उपस्थिति रहेको थियो ।
अधिबेशन प्रतिष्ठानका अध्यक्ष सुबेदार हस्त बहादुर बेघाको अध्यक्षतामा भएको थियो ।