
दमक,१० पुस । झापाको दमक नगरपालिका १ स्थित रतुवा खोलाको बगरबाट गाँजा सहित एक जना पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलाम ,माङसेवुङ गाउँपालिका ६ का ४६ बर्षिय बिर कुमार राई रहेका छन् ।
अस्थायी प्रहरी पोष्ट फाल्गुनन्दबाट खटिएको प्रहरी गस्ती टोलीले खोला बगरमा शंकास्पद अवस्थामा हिडिरहेका राईलाई खानतलासी लिदाँ निजले पछाडि बोकेको झोला र हातमा झुन्ड्याएको जेव्रा झोलामा ८ किलोग्राम १६० ग्राम अवैध लागूऔषध गाँजा बरामद गरिएको हो ।
गाँजा सहित पक्राउ परेका राईको इलाका प्रहरी कार्यालय दमकबाट अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी बसन्त पाठकले जानकारी दिए ।