
झापा, १० पुस । तीव्र गतिका दुई मोटरसाईकल एकापसमा जुध्दा झापाको कचनकवलमा आज एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् ।
कचनकवल गाउँपालिका २ स्थित भित्री सडक खण्डमा दुई ओटा मोटरसाईकल जुध्दा कचनकवल गाउँपालिका ४ का ४० बर्षिय शेषलाल राजबंशीको मृत्यु भएको हो ।
आज दिउसो साढे बाह्र बजे भारतीय नम्बर प्लेट डव्लू वी ७४ पी ९७१७ नम्बरको मोटरसाईकल र मे ४प ९५०० नम्वरको मोटरसाईकल जुध्दा घाईते भएका राजवंशीको उपचारका क्रममा भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
दुर्घटनामा मोटरसाईकलमा सवार सोहि स्थानका २७ बर्षिय शिवलाल माझी र ४४ बर्षिय सजन राजवंशीको सोहि अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।