चार विगाहको धान जलेर नष्ट

गौरीगञ्ज, २ पुष । जिल्लाको दक्षिणी गौरीगञ्जमा एक किसानले चार बिघा खेतमा फलाएको धानमा आगलागी भएको छ । गौरीगंज गाउँपालिका– ६ खजुरगाछी बस्ने राजन महतोको ४ बिगाहा खेतको धान काटी जम्मा गरी राखेको थुप्रोमा गएराती करिब साढे १२ बजे तिर आगलागी हुदाँ सम्पूर्ण धान नष्ट भएको होे । आगलागी इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी तथा स्थानीय मिलेर नियन्त्रणमा लिएको प्रहरी निरीक्षक राकेश रेग्मीले बताए ।

धान काटेर थ्रेसर गर्न तयारी अवस्थामा राखिएको धानको थुप्रोमा आगलागी हुदाँ रु २ लाख ५० हजार भन्दा बढीको क्षति भएको स्थानीय प्रकास चन्द्र राजवंशीले बताए । धानमा कसैले आगो लगाएको हुन सक्ने स्थानीयको आशंका छ । घटनाका बारे थप अनुसन्धान भइरहेको गौरीगञ्ज प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.