
दमक,१ पुष । दमकमा बुधबार भएको हत्याको घटनाको विरोधमा व्यवसायीहरुले विहिबार सांकेतिक विरोध स्वरुप बजार वन्द गराएका छन् ।
दमक ६ स्थित घिमिरे मार्केटमा एक कपडा पसलमा कार्यरत दमक -२ का २५ बर्षिय प्रकाश पराजुलीको बुधबार साँझ करिब ७ बजे अपरिचित समूहले धारिलो हतियार प्रहार गरेर हत्या गरेको थियो । सो को विरोधमा स्थानीय व्यवसायीहरुले स्वतस्फूर्त रुपमा सांकेतिक विरोध स्वरुप बजार बन्द गराएका दमक उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोपाल गुरागाइँले जानकारी दिए । व्यवसायीक सुरक्षा तथा हत्याराको पहिचान गरेर कारवाही गर्न माग गर्दे वजार बन्द गरिएको संघका अध्यक्ष गोकुल श्रेष्ठले बताए ।
प्रशासनसंग सुरक्षाको माग
यसैगरि संघले व्यवसायिक सुरक्षाको माग राख्दै स्थानीय प्रशासनलाई आज ज्ञापन पत्र बुझाएको छ । संघका अध्यक्ष श्रेष्ठ,बरिष्ठ उपाध्यक्ष गोपाल गुरागाईसहितका व्यवसायीहरुको एक समूहले इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी नवराज कार्कीलाई ज्ञापनपत्र बुझाउदै त्यस्तो माग गरेका हुन् । ज्ञापन पत्रमा संघले दमक ६ स्थित घिमिरे मार्केटमा व्यवसायिक क्षेत्रमा कार्यरत प्रकास पराजुलीलाई अज्ञात समूहले सांघातिक आक्रमण गरि हत्या गरिएका घटनाले सिंगो व्यवसाय क्षेत्रनै असुरक्षित भएको भन्दै उक्त घटनाले स्थानीय उद्यमी व्यवसायी तथा आम स्थानीयहरु असुरक्षित मात्र नभई त्रसित तथा आतंकित समेत हुन गएको उल्लेख छ । ज्ञापन पत्रमा भनिएको छ ,–‘ हत्यारालाई छिटो भन्दा छिटो पत्ता लगाई हदै सम्मको कानुनी कारवाहीको माग गर्दछौं’