
दमक,२१ मंसिर । झापा,क्षेत्र न. ५ का नेपाली कांग्रेसका नेता सत्यनारायण चौधरीले पार्टीको आसन्न १४ औं महाधिबेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् । दमक १ निवासी चौधरीले सञ्चारकर्मीहरुसंग कुराकानी गर्दे केन्द्रीय सदस्यका लागि आफनो उम्मेदवारी घोषणा गरेका हुन् ।
पार्टीमा योगदान पुरयाँउन आफूले मधेसी कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने स्पष्ट पार्दे उनले भने,–‘पार्टीलाई सुढृण बनाउन तथा पार्टीमा सक्रियता पूर्वक काम गर्नका लागि मेरो उम्मेदवारी हो ।’
पार्टीको क्षेत्रीय राजनीतिमा लामोसमयदेखि सक्रियतापूर्वक काम गरिआएका उनले पार्टीमा देखिएको गुटउपगुट भन्दा माथिर उठेर सुढृण ,सवल कांग्रेस निर्माण गर्दे पार्टी संगठनमा योगदान पुरयाँउन आफनो उम्मेदवारी भएको दावी गरे । चौधरी पार्टी भित्र निष्ठावान, इमान्दार राजनीति छवि भएका नेतृत्वका रुपमा चिनिन्छन् । थोरै बोल्ने ,प्रष्ट बोल्ने स्वभावका धनी चौधरीले भने, –‘पार्टी नेतृत्व चुन्ने महाधिबेशन उपयुक्त अवसर भएकाले हामी नेता,कार्यकर्ताहरुले अत्यन्त विवेकपूर्ण मतदान गर्नु पर्छ । जसले भोलि पार्टी संगठन कमजोर नबनोस । ’
झापा ५ बाट मधेशी कोटाबाटनै संघीय महाधिबेशन प्रतिनिधिमा विजयी नेता चौधरीले आफनो उम्मेदवारीलाई साथ र सहयोग पुरयाँई दिन हुन देशभरिका पार्टी नेतृत्व ,महाधिबेशन प्रतिनिधिहरुसंग अनुरोध समेत गरिआएका छन् । क्षेत्रदेखि तीन वटा महाधिबेनमा लगातार महाधिबेशन प्रतिनिधि भएर पार्टीमा जिम्मेवारीका साथ काम गरिआएका उनले भने, –‘अव पार्टी केन्द्रीय सदस्यको जिम्मेवारी दिलाउन समेत पार्टी नेतृत्व,अग्रजहरुसंग अपिल गर्दछु ।’
चौधरीसंगै पार्टी केन्द्रीय सदस्यमा दमकबाट नेतृ महेन्द्रकुमारी लिम्बू,शुरेस सुब्बा, मेदनी सिटौला, अमर बराईली,कमलकी तुलसा पन्त,गौरादहका डा. खगेन्द्रपाण्डव अधिकारी ,अनिल कृष्ण प्रसाईलगायतले समेत आफनो उम्मेदवारी घोषणा गरिसकेका छन् ।