पथरीशनिश्चरेमा सामुदायिक स्वास्थ्य दिवस मनाइयो

पथरी,१९ मंसिर । मोरङको पथरीशनिश्चरे नगरमा आज आइतबार १८ औैं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वंयम सेविका दिवस सम्पन्न भएको छ ।
नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला, उपसचिव शालिग्राम काफ्लेले नगरवासीको स्वास्थ्य हेरचाहमा महिला स्वास्थ्य स्वंयम सेविकाहरुको ज्यादै महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनीहरुको कामको प्रशंसा गरिन्।
नगरपालिका अन्तर्गतको नगरस्तरिय महिला स्वयंमसेविका समिति उपाध्यक्ष सरस्वती चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले कार्यक्रमको औचित्य प्रकाश पारेका थिए । सो अवसरमा ‘तातो आलु’ खेलमा विजेतालाई पुरस्कार प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.