बस दुर्घटनाबाट १ जनाको मृत्यु, २२ घाईते

झापा, १२ मंसिर । झापाको कन्काई नगरपालिका ८ स्थित पूर्वपश्चिम राजमार्गको बिरिङ्ग पुलमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २२ जना घाईते भएका छन् ।
आज दिउँसो साँढे १२ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना. ५ ख. ८०४१ नम्बरको बस अनियन्त्रित भई पुलको रेलिङ्गमा ठोक्किएर दुर्घटना हुँदा १ जनाको मृत्यु र २२ जना घाईते भएका हुन् । दुर्घटनामा घाईते भएकाहरुलाई उपचारको लागि अस्पताल पठाईएकोमा उपचारको क्रममा कन्काई नगरपालिका ७ का १६ बर्षिय उत्सब पौडेलको मृत्यु भएको हो । अन्य घाईते भएकाहरु मध्ये ११ जनाको बिएण्डसी अस्पताल र ११ जनाको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published.