दमक,१३ मंसिर । नेपाली कांग्रेस झापाको पछिल्लो मतपरिणाम अनुसार सभापतिका प्रत्यासी देउमान थेवे जितको नजिक पुगेका छन् । उनले लगातार अग्रता लिदैआएका आफना प्रतिद्धन्दी रामबहादुर कटटेललाई उछिन्दै अग्रता लिएका हुन् ।
क्षेत्र १,२,४ र ५ गणनामा अग्रता लिदैआएका कटटेलले क्षेत्र न. ३ को गणना गरेसंगै पछि परेका हुन् । थेवेले क्षेत्र न. ३ को शुरुवाती १ सयको गणना देखि कटटेललाई मतान्तर फराकिलो बनाउदै लगेका थिए । ३३११ मत मध्ये हालसम्म गणना भएको २९७२ को मतपरिणाममा थेवेले ७८ मतका साथ अग्रता लिएको निर्वाचन समितिले जनाएको छ । त्यहाँ ३३९ मत गणना हुन बाँकी छ ।
क्षेत्र न. ३ कांग्रेस नेता कृष्ण प्रसाद सिटौलाको निर्वाचन क्षेत्र समेत भएकाले यस क्षेत्रबाट थेवेसहितका प्यानलले भारी मत प्राप्त गर्ने अनुमान गरिएको छ । सिटौला समूहबाट उम्मेदवार भएका थेवेसहितका प्यानलनै अवको केहि घण्टामा विजयी हुने संभावना बढेर गएको छ । मतपरिणाम यसप्रकार छ ।
