
दमक,११ मंसिर । नेपाली कांग्रेस झापाको नेतृत्व चयनका लागि भएको निर्वाचनको मत गणना अझै जारी छ । हिजो शुक्रबार रातीदेखि शुरु भएको गणना अनुसार आधा गणना गरिसक्दा पनि सभापतिमा राम कट्टेलसहित उनको प्यानलको अग्रता नै लिएका छन् ।
मतगणनाको पछिल्लो नतिजाअनुसार सभापतिका प्रत्यासी देउमान थेवेले प्रतिष्पर्धी कटटेलसंगको मतान्तर घटाउदै लगेका छन् । १६२६ गणना हुदाँ यसअघि २४१ मतको मतान्तर घटाएर १७८ कायम गर्न पुगेका छन् । नेतृत्वका लागि प्रत्यासीका दुवैले आफनो टिम बनाएर चुनावी मैदानमा होमिएका थिए ।
निर्वाचनमा कूल ३ हजार ३ सय ११ जनाले निर्वाचनमा मतदान गरेका छन् । सबै मतगणना सक्न आज राती सम्म लाग्ने अनुमान छ । पदाधिकारीका उम्मेदवारले निम्न अनुसार मत प्राप्त गरेका छन् ।
