
पाँचथर ,११ मंसिर । नेपाली कांग्रेस पाँचथरको अधिवेशनले १९ वर्षीया किशोरी भावना रिजाललाई प्रदेश महाधिवेशन प्रतिनिधिमा चयन भएकी छन् । जिल्लाको हिलिहाङ गाउँपालिका– ६ भारपाकी भावनालाई कांग्रेसले प्रदेश प्रतिनिधि चयन गरेको हो ।
भावनाले यसैवर्ष नेपाली कांग्रेसको क्रियाशील सदस्यता लिएकी थिइन् । वडाबाट क्षेत्रीय प्रतिनिधि चुनिएर आए लगत्तै भएको क्षेत्रीय अधिवेशनले उनलाई प्रदेश महाधिवेशन प्रतिनिधि निर्वाचित गरेको हो ।
पाँचथर बहुमुखी क्याम्पस बीएड दोस्रो वर्षमा अध्ययनरत उनी यसअघि पाँचथर क्याम्पसकै बीएड प्रथम वर्ष संकायको सह सचिव हुन् । प्रदेश प्रतिनिधिमा चयन भएपछि उनले युवा पुस्तालाई पार्टीले विश्वास गरेर दिएको जिम्मेवारी पूरा गर्न सदैव लागिपर्ने बताईन्