
दमक,११ मंसिर । नेपाली कांग्रेस झापाको नेतृत्व चयनका लागि भएको निर्वाचनको मत गणना जारी छ । हिजो शुक्रबार रातीदेखि शुरु भएको गणना अनुसार सभापतिमा राम कट्टेलले अग्रता कायमनै लिएका छन् ।
मतगणनाको पछिल्लो अपडेट अनुसार सभापतिका प्रत्यासी कटटेलले २ ४१ मतान्तरमा अग्रता कायम राखेका छन् । क्षेत्र न. १ र ५ को १२०३ मत सकिदाँ कटटेलले ७७६ र सभापतिका प्रत्यासी देउमान थेवेले ५३५ मत प्राप्त गरेका छन् । यसैगरि उपसभापतिमा केशब पाण्डेले ६१८, प्रेम सम्बाहाम्फेले ७४८, शेरबहादुर भट्टराइले ५३४ र शमसेर गिरीले ५२६ मत प्राप्त गरेका जनाइएको छ । सचिवमा कृष्ण हुमागाइले ४४५, टोम राजबंशीले ६४८,नवीन बिमलीले ५२५ र बिश्वदीप लिङदेनले ८१८ र सहसचिवमा उमाराम प्रसाईले ६३०,कमल प्रसाद भण्डारीले ४९७ , कालेन्द्र राजबंशीले ४९९ र पदम लिम्बुले ७९५ मत पाएका छन् । मतदानमा कूल ३ हजार ३ सय ११ जनाले निर्वाचनमा मतदान गरेका छन । सबै मतगणना सक्न आज राती सम्म लाग्ने अनुमान निर्वाचन समितिका संयोजक सुवोध चिलवालले बताएका छन् ।