संघीय लिम्बूवान मञ्च झापाको अध्यक्षमा राई निर्वाचित

दमक,३ मंसीर । संघीय लिम्बुवान मञ्च, नेपाल जिल्ला कार्यसमिति झापाको अध्यक्षमा नगेन्द्र राई चुनिएका छन् । आज विर्तामोडमा सम्पन्न मञ्चको छैठौं जिल्ला अधिवेशनले राईको अध्यक्षतामा ३६ सदस्यीय जिल्ला समिति चयन गरेको हो ।
सर्वसम्मत निर्वाचित समितिको बरिष्ठ उपाध्यक्षमा अमित खम्बू, उपाध्यक्षहरुमा राजा आङथुपो, नारायण तामाङ्, बबिता राई, प्रेम थेवे र करण योङहाङ रहेका छन् । त्यसैगरी सचिवत्रयमा तिर्थराज पौडेल, विकास ठाडा मगर, कृष्ण सेन्दाङ चुनिएका छन् ।

यसरी नै सचिवालय सदस्यहरुमा राम बहादुर लिम्बु, दया सागर आचार्य, वि।एम। लक्सम, दलकुमार सेर्मा, सुनिल राई, बुद्धविर गुरुङ, ललित तुम्म्रोक, प्रेम बहादुर फोम्बो, जयप्रकाश धिमाल, सुमनसिंह लिम्बु, प्रदिप राई, सोनाहाङ राई निर्वाचित भएका छन् भने सदस्यहरुमा खड्ग बोखिम, टेक बहादुर तुम्सा, चन्द्रकला नेयोङ, मेघराज इधिङ्गो, राम राई, जनम चेम्जोङ, अर्जुन लावती, टिकाराम योङहाङ, दिनेश शिवा, मन बहादुर फियाक, चक्र खेवा, चन्द्र साम्सोहाङ, लाख बहादुर नेम्बाङ र झहरमान फागो सर्वसहमतिले निर्वाचित भएका छन् ।

निर्वाचित कार्यसमितिलाई निर्वाचन मण्डलका संयोजक पार्टीका बरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङले सपथ गराउँदै प्रमाणपत्र वितरण गरेका छन् भने नव निर्वाचित अध्यक्ष राईले आफ्नो कार्यकालमा थप संगठनलाई मजबुत बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । त्यसैगरी अन्त्यमा नवनिर्वाचित समितिलाई मञ्चका प्रान्तीय उपमहासचिव तथा संचार विभाग प्रमुख दिल कुमार लावतीले शुभकामना दिदैं संगठनलाई एकढिक्का बनाई झापामा आगामी चुनावहरुमा लिम्बुवानको झण्डा गाढेर शिर उच्च पार्न आग्रह गरेका छन् । निर्वाचन सम्पन्न पार्टीका वरिष्ठ उपाध्यक्ष गुरुङको संयोजकत्वमा गठित पाँच सदस्यीय निर्वाचन मण्डल गठन गरिएको थियो । अध्यक्षमा पाँच जनाले दावी गरेका र सहमतिका क्रममा अध्यक्ष पदका प्रत्यासी तीनले भने राईलाई नै अघि सारेपछि राई र अमित खम्बू वीच अध्यक्षमा लामो रस्साकस्सी भएको थियो ।

Leave a Reply

Your email address will not be published.