
गौरादह,३ मंसीर । नेपाली कांग्रेस झापा क्षेत्र न ५ (क ) प्रदेशसभा सभापतिमा जीवन राई निर्वाचित भएका छन्। उनले २०४ मत सहित सभापति पदमा विजयी भएका हुन्। उनका निकटम प्रतिवन्दी ज्ञानेन्द्र खत्रीले १५१ मत प्राप्त गरेका छन्।
आज साँझ सम्पन्न सार्वजनिक गरिएको मतपरिणाम अनुसार उपसभापतिद्धयमा आत्मराम राजवंशी (२१७ ) र पदम कुमार ढुंगाना (१४८ ) ल्याएर विजयी भएका छन्।
त्यसगरी सचिवद्धय पदमा भिम अधिकारी (२०८ ) र हेम चन्द्र घिमिरे ( राजु ) (२०९ ) मत ल्याई विजयी भए । त्यस्तै, सहसचिवद्धयमा इन्दिरा विष्ट (२४६ )र राम बहादुर ढुंगाना (१९१ ) विजयी भएका छन्।
यसैगरी खुल्ला महिलातर्फ गीता ढकाल (२४०), दिपा भण्डारी गौतम (१८९) र दिक्षा कोइराला घिमिरे (१९३) , आदिवासी जनजातितर्फ वीरसिंह राजवंशी (२०९ ), खस आर्य महिलातर्फ लक्षिमा देवी चिमरिया (२३२), तथा अल्पसंख्यक अपाङ्ग तर्फ रंजित चक्रवर्ती (भोला) विजयी भएका छन्।
आजै भएको प्रदेश प्रतिनिधि खुल्लातर्फ किशोर कुमार पौड्याल (२०१), कुमार कार्की (१७७), खड्ग पराजुली (१९३), पुण्य प्रसाद सिग्देल (१९१), प्रकाश कार्की (२४१) र सञ्जिब बहादुर कार्की (१७३) विजयी भएका छन्।