
दुधे ,२ मंसीर । नेपाली कांग्रेसको निर्वाचन क्षेत्र नम्बर ४ प्रदेश ‘क’ सभापतिमा विनोद ढकाल निर्विरोध निर्वाचित भएका छन् । शिवसताक्षी १ धरमपुर निवासी ढकालको सो पदमा एक्लो मनोनयन परेपछि उनि सर्वसम्मत सभापति पदमा निर्वाचित भएका हुन् ।आकाक्षीसंगको सहमतिपछि आमामी ५ वर्षका लागि ढकाल सो पदमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । ढकाल नेतृत्वको समितिमा उपसभापति पदमा भने निर्वाचन हुने भएको छ । आवश्यक २ पदमा ३ जनाको मनोनयन दर्ता परेपछि निर्वाचनबाटै सो पदका पदाधिकारी चयन हुने निश्चित भएको हो । विष्णुकुमार सुब्बा, दीपककुमार न्योपाने र गोपालचन्द्र राजबंशीको उमेदवारी परेको छ ।
यस्तै सचिव द्धयमा निरोज दुलाल र जगतबहादुर ताजपुरिया पनि निर्विरोध निर्वाचित भएका छन् । सहसचिव द्धय पदमा पनि सर्वसम्मत भएको छ । ज्ञानप्रसाद लुइटेल र दिवशपति पोख्रेल सो पदमा निर्वाचित भएका हुन् ।
महिला खुल्ला प्रदेश प्रतिनिधि माया देवी गौतम ९कोइराला०, अम्बिका थापा ९निरौला० र कृष्णकला कोइराला ९दाहाल० सर्वसम्मत प्रदेश प्रतिनिधि चयन भएका छन् ।
खस आर्य महिला इन्द्रकुमारी पाण्डे निर्विरोध चयन भएकी छन् । आदिवासी जनजाती महिलाको एउटा कोटा पनि सर्वसम्मत भएको छ । जयकुमारी चेम्जोङ सो कोटाबाट निर्विरोध चयन भएकी हुन् । आदिवासी जनजाती पुरुष खुल्लाबाट यादव बहादुर थेवे र गणेशकुमार प्रधान चयन भएका छन् ।
मधेसी खुल्लाबाट पुर्णकुमार साह निर्विरोध चयन भएका छन् । यस्तै दलित खुल्लाबाट तेजवहादुर लाम्गादे चयन भएका छन् भने थारु, मुस्लीम, अप्लसंख्यक र अपाङ मध्ये १ कोटामा बाबुलाल मर्डी चयन भएका छन् ।
यता प्रदेश प्रतिनिधि खुल्लामा सहमति हुन नसकेपछि निर्वाचन हुने भएको छ । खुल्ला ७ मा १५ जनाको उमेदवारी परेपछि निर्वाचन हुने भएको हो ।
गोपालप्रसाद ढुँगेल, कृष्ण प्रसाद खरेल, रामबहादुर ढुँगाना, भुपेन्द्र भट्ट, छत्रबाबु ओझा, मिलन कुमार ढुँगाना, अधिकचन ताजपुरिया, यामनाथ काफ्ले, दिनेशप्रसाद राजबंशी, देउ प्रकाश् लिम्बु (प्रकाश), भुपेन्द्रवहादुर ढुँगाना, महेश्वर दुलाल (महेश), खेलकुमार बुढाथोकी, दिपक कुमार मेन्याङवो (विकेन ) र रामप्रसाद राईको उम्मेदवारी परेको छ ।
यस्तै महिला खुल्ला कोटामा ३ जनाको उमेदवार परेको छ । माया देवी गौतम (कोइराला ), अम्बिका थापा (निरौला )र कृष्णकला कोइराला (खरेल) को उमेदवारी परेको हो । कोटाको महिला खुल्लामा तीन जनाको मनोनयन दर्ता भएको हो ।खस आर्य पूरुषमा डिकबहादुर बुढाथोकी निर्विरोध निर्वाचित भएका छन् । खस आर्य महिला १ कोटामा ईन्द्रकमारी पाण्डे निर्विरोध भएकी छन् ।