
झिलझिले,२९ कार्तिक । स्कारपियोको ठक्करबाट आज झापाको शिवसताक्षीमा एक जना वृद्धाको ज्यान गएको छ । शिवसताक्षी नगरपालिका वडा न. १० स्थित भित्रि पक्की सडक खण्डमा आज बिहान साढे ११ बजे उत्तर तर्फआउँदै गरेको को१च ७४१६ नम्बरको स्कारपियोले पैदलयात्री सोही ठाउँकी ७१ बर्षिया ललिता कट्वाललाई ठक्कर दिँदा घटनास्थलमानै मृत्यु भएको हो ।
दुर्घटनामा संलग्न स्कारपियोका चालक इलाम, देउमाई ३ का ३२ बर्षिय पूर्ण खतिवडालाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ ।