
पथरीशनिश्चरे , २८ कार्तिक । १ नम्बर प्रदेश स्तरीय प्रथम अध्यक्ष कप तेक्वाण्डो प्रतियोगितामा आयोजक टिम कानेपोखरी आईटिएफ तेक्वाण्डो डोजाङ्ले प्रदेशमै उत्कृष्ट अंक ल्याएर प्रथम पुरस्कार जित्न सफल भएको छ ।
उक्त डोजाङ्ले मोरङको कानेपोखरी गाउँपालिका–६, स्थित जनसेवा माविको खेल मैदानमा सञ्चालन भएको प्रतियोगिताको इस्पारिङ र प्याटनतर्फको धेरै पदक जितेको थियो । विजेतालाई मेडल र प्रमाण पत्र प्रदान गरिएको छ ।
एकल इस्पारिङतर्फ जुनियर महिलातर्फ २० देखि २५ केजी तौल सम्मको प्रतियोगितामा सुनसरीका सदिक्षा राई प्रथम भएकी थिइन् भने आयोजक टिमकी सुनिता तामाङ द्वितीय र आयोजककै सुवानी राजभण्डारी र जेनिसा धिमाल तृतीय भएका छन् । एकल स्पाईरिङ सिनियर पुरुष तर्फ ५० देखी ५५ केजी तौल सम्मको प्रतियोगितामा सुनसरीका अनुज राई प्रथम, झापाका मनिष श्रेष्ठ द्वितीय, आयोजकको हरि श्रेष्ठ तृतीय र मोरङको अर्जुन गिरी तृतीय भएका छन् ।
एकल प्याटन तर्फ महिला पहेँलो बेल्ट तर्फ आयोजक विनिशा धिमाल प्रथम, मोरङ प्रिन्सा कार्की द्वितीय भएका छन् । त्यसै गरी महिला ग्रिन बेल्ट तर्फ आयोजकका स्वस्तिका माझी प्रथम भएका छन् । त्यसै गरी पुरुष पहेँलो बेल्ट तर्फ आयोजकका आर्यन राई प्रथम, मोरङका मन्दिप माझी द्वितीय भएका छन् । त्यसै गरी पुरुष हरियो बेल्ट तर्फ आयोजकका रिवाज फुयल प्रथम र मोरङका विशाल खत्री द्वितीय भएका छन् । त्यस्तै , पुरुष ब्लु बेल्ट आयोजकका आषिश भुर्तेल प्रथम र पुरुष रेड बेल्ट तर्फ आयोजकका निश्चल लिम्बु प्रथम भएका छन् । उद्घाटनको औपचारिक कार्यक्रममा आइटिएफ टेक्वाण्डो १ नम्बर प्रदेशका अध्यक्ष प्रविण कार्कीले र सचिव नविन तामाङ समेतले खेल देखाएका थिए ।