देबेन्द्र भन्छन्, ‘काम गर्नका लागि प्रदेश सभा (ख) का सचिवका उम्मेदवार ’

देवेन्द्रराज आङदेम्बे(देवी ), नेपाली कांग्रेसको १४ औ महाधिबेशन अन्तर्गत यहि मंसीर ३ गते हुन गईरहको झापा,क्षेत्र नम्बर ५ प्रदेश सभा (ख) का सचिवका उम्मेदवार हुन् ।
पारिवारिक राजनीतिबाट कांग्रेस भएका युवा व्यक्तित्व आङदेम्बे प्रदेश सभा (ख)को सचिव पदका मुख्य दावेदार हुन् । कमल ५ मंगलवारे निवासी उनी मंगलबारे बजार ब्यावस्थापन समिति,आदिवासी जनजाति बिभाग झापाको सचिवसंगै सगुन युवा क्लवको अध्यक्ष लगायतका विभिन्न सामाजिक गतिविधिमा सक्रिय छन् ।
पार्टीको समायोजन पूर्व साविक कांग्रेस लखनपुरको सचिव भएर जिम्मेवारी सम्हालेका उनले पार्टी अनुभव थप क्रियाशील बनाउन प्रदेशसभा सचिवका उम्मेदवार भएको बताएका छन् । पार्टी सुढृण बनाउन मैले सचिवको उम्मेदवार बन्ने निधो गरेको उनले सुनाए ।
पार्टी संगठनमा सधै सक्रिय आङदेम्बेले आफूले कुनै समूह,गुट भन्दा माथि उठेर उम्मेदवार भएको दावी गरे । आफनो उम्मेदवारी गुटगत नभएको भन्दै उनले भने,‘ पार्टी बलियो बनाउनका लागि सांगाठानिक रुपमा सचिवको जिम्मेवारी लिन उम्मेदवार बन्ने निधो गरेको हुँ ’

उनले पार्टी भित्र युवासंगै सवल नेतृत्व स्थापित गर्नका लागि पार्टी नेतृत्व तथा क्षेत्रीय प्रतिनिधिहरुले ध्यान दिनु पर्ने वेला आएको देख्छन् उनी । पार्टीको नेतृत्व कस्तो बनाउने ? यतिखेर आन्तरिक निर्वाचन अवसरको माध्यम भएकाले त्यसलाई पार्टी नेतृत्व तथा आम कार्यकर्ताहरुले मनन गर्नु पर्ने उनको भनाई छ । भन्छन्, –‘ पार्टी हाक्ने सवल,सक्षम,इमान्दार नेतृत्व चुन्नु पर्छ , त्यसबाट मात्र साच्चै कांग्रेस रुपान्तरित हुने छ । ’
नेतृत्व विकासका लागि पालिका हुदै प्रदेश सभा सचिवका लागि आफूले उम्मेदवार दिनु स्वाभाविक भएको र यसमा पार्टी नेतृत्व तथा क्षेत्रीय प्रतिनिधि ,वडा सभापति , पालिका सभापतिहरुले साथ र सहयोग पुरयाँईदिन अनुरोध समेत गरिआएका छन् । उनले भने, –‘तपाईहरुले दिनुभएको जिम्मेवारी कदापि वेइमान गर्ने छुईन् । दत्तचित्त भएर पार्टी संगठनमा आफनो दायित्व पूरा गर्ने प्रतिवद्धता पुनः दोहोरयाँउछु ।’

Leave a Reply

Your email address will not be published.