ध्रुवतारा स्पोर्टिङ क्लब र दमक फूटबल क्लब वीच एकीकरण

दमक,२६ कार्तिक । दमकमा क्रियाशील दुई वटा खेलकुदका संस्थाबीच एकीकरण भएको छ । खेलकुद क्षेत्रलाई एकीकृत रुपले विकास गर्ने उद्देश्यले दमकको ध्रुवतारा स्पोर्टिङ क्लब र दमक फूटबल क्लब वीच एकीकरण गरि ध्रुवतारा स्पोर्टिङ क्लब गठन गरिएको हो ।
दुवै संस्थाको आज सम्पन्न भेलाले मोहन मगरको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरिएको छ । सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षमा नेत्र खड्का,सचिवमा हिरामणी खड्का, सहसचिबमा रोशन पौडेल र
कोषाध्यक्षमा भुपेन्द्र प्रसाद कोईराला चुनिएका छन् । यस्तै सदस्यहरुमा रन्जित कुमार यादब, गोपाल चेम्जोङ,सुशील तामाङ,
राजु कुवर,. बिपिन सुवेदी, तेजेन्द्र राज नेपाल र सञ्जय लिम्बु रहेका छन् ।
यसैगरि भेलाले दमक ८ मा निर्माणाधिन क्लबको अधुरो भवन सम्पन्न गर्नका लागि चन्द्र खत्रीको संयोजकत्वमा पाँच सदस्यीय एक उपसमिति समेत गठन गरिएको जनाइएको छ ।
उपसमितिको सदस्यहरुमा दीपेन्द्र तिवारी,नम कुमार चेम्जोङ,कमल कटुवाल,दिपेश दाहाल र भुपेन्द्र प्रसाद कोईराला रहेका छन् ।

Leave a Reply

Your email address will not be published.