
पथरीशनिश्चरे,१२ कार्तिक । मोरङ्गको पथरीशनिश्चरेमा जारी पिट्सबर्ग च्यालेन्ज कप फुटबल प्रतियोगितामा आज शुक्रबारको खेलमा विराटनगर फुटबल क्लब मोरङ्ग बिजयी भएको छ ।
भूटानी ब्वाइज् क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै विराटनगरले जीत हात पारेको हो ।विराटनगरको तर्फबाट खेलको ४७ औँ मिनेटमा साजन राईले गरेको गोल नै निर्णायक बन्न पुग्दा भूटानी ब्वाइज् क्लब हार स्वीकार्न वाध्य बन्यो । आजको खेलको मेन अफ द म्याच विराटनगरका कमल खवास घोषित हुदैँ नगद २ हजार ५ सय रुपैँया प्राप्त गरेका छन्।
थ्री रिभर्स एफ।सी। अमेरिकाको आयोजनामा शुरु प्रतियोगितामा झापा, मोरङ र सुनसरीको ९ र भुटानी शरणार्थीको एक टिम गरी १० टिमले सहभागिता जनाउँदैछन्। प्रतियोगिता अन्तर्गत भोलि शनिवारको खेल लेटाङ फुटबल क्लब र पथरी फुटबल क्लब वीच हुनेछ। प्रतियोगिताको प्रथम र दास्रो हुने टिमले क्रमशः १ लाख १ हजार र दोस्रोले ५१ हजार नगद ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने प्रतियोगिता संयोजक गणेश थक्लुङ्गले जानकारी गराए ।
यस्तै प्रतियोगितामा हरेक खेलमा म्यान अफ द म्याच खेलाडीलाई २५ सय, विधागत रुपमा उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट फवार्ड र हाइस्कोररलाई क्रमशः ५ हजार र म्यान अफ द टुर्नामेन्टलाई नगद रु। १० हजार र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।