
पथरीशनिश्चरे, ११ कार्तिक । मोरङको पथरीशनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले नगरलाई खेलकुदबाट चिनाउने काम भइरहेको बताएकी छन् ।
उनले प्रमुख अतिथिका रुपमा वडा नम्बर १० मा थ्री रिभर्स एफसी अमेरिकाको आयोजनामा पिटबोर्ग च्यालेन्ज कप फुटबल प्रतियोगिताको उद्घाटन गर्दै खेलकुदले नगरलाई चिनाउने भएकोले खुसी व्यक्त गरिन्।
खेलप्रतिको विकासका लागि खेल भइरहेको मैदानलाई नगरले पथरीशनिश्चरे रंगशालाको रुपमा डीपीआर तयार गरिसकेको समेत उनले बताईन् ।
भूटानी शरणार्थी शिविरदेखि दक्षिणको प्रस्तावित रंगशालामा भएको उद्घाटन खेलमा शिवसताक्षी एफसी झापालाई २—१ गोल अन्तरले पराजित गर्दै भाउन्ने एफसी मोरङ प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ। उद्घाटनका अवसरमा अखिल नेपाल फुटबल संघ मोरङको अध्यक्ष दिपेन्द्र धिमाल लगायतको उपस्थिति रहेको थियो ।