मिडिया हाउसलाई आर्थिक सहयोग

दमक,१० कार्तिक । झापा ,सितापुरी निवासी हाल इजरायलमा बस्दैआएकी बिना देवी राईले आफना दिवंगत आमा पदमश्वरी राईको पहिलो पूण्य तिथिको अवसरमा हाम्रो समाज रुपान्तरण मिडिया हाउसलाई रु ३० हजार ५ सय ५५ रुपैया आर्थिक सहयोग गरेकी छन् ।
दमकको पलेटी दोहोरीमा मंगलवार एक कार्यक्रम गरि उक्त सहयोग रकम मिडिया हाउसलाई हस्तान्तरण गरिएको हो । उक्त सहयोग दाताकी छोरी अकिना राई ,उनकी मामा भिम राज राईले मिडीया हाउसका अध्यक्ष अविशेक बान्तवा राईलाई हस्तान्तरण गरे ।
उक्त मिडिया हाउसले समाज रुपान्तरण टिभीमार्फत विभिन्न सामाजिक कार्यहरु गरिआएको छ । टिभीमार्फत विभिन्न दिनदुखिहरुलाई सहयोग ,चेपाङ बस्तीमा राहत देखि ताप्लेजुङको दोभान आगामी दैबि प्रक्रोपमा परेका पीडितलाई सहयोग जुटाएर मानवीय सहयोग पुरयाँउदै आएको उल्लेख छ । यस्तै,टिभीले पहिलोपटक पूर्वेली लोकजुहारी कार्यक्रम गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published.