
पाँचथर ,८ कार्तिक । पाँचथरको फिदिमदेखि झापाको दमक चल्ने बस दुर्घट्ना भएको छ । दुर्घट्नामा पर्दा कम्तिमा ४० जना यात्रु घाइते भएका छन । घाइते मध्ये केहिको अवस्था चिन्ताजनक छ ।
को १ ख ३८६५ नम्वरको वस फिदिम ४ सरखण्डेमा दुर्घट्ना भएको हो ।बस अनियन्त्रित भइ दुर्घट्ना भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए ।
वसमा ६० भन्दा धेरै यात्रु रहेको वताइएको छ । बस सडकबाट पल्टेर ५० मिटर तल रहेको अर्को गोलाइमा पुगेको छ । दुर्घट्नामा घाइते भएका मध्ये कम्तिमा १५ को अवस्था चिन्ताजनक छ ।