ठगी गरेको आरोपमा राई पक्राउ

दमक,७ कार्तिक । ठगीको आरोपमा दमक १० घर भई हाल ईटहरी ८ मा बस्दै आएका ४३ बर्षीय भक्त बहादुर राई पक्राउ परेका छन् । राईले ईटहरी ६ की ६१ बर्षीया एकल महिलालाई जग्गा बेच्ने भन्दै ठगी गरेको अभियोग लागेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
प्रहरीका अनुसार ती महिलालाई महिलाको श्रीमानको नाममा रहेको करिव दुई करोड छत्तिस लाख अन्ठानब्बे हजार रुपैया बराबरको घर जग्गा पास गराई दिन्छू भनी अर्के ब्यक्तिको नाममा पास गराई रकम ठगी गरेको भन्ने जाहेरीका आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीले राईलाई पक्राउ गरेको हो । पक्राउ परेका राईलाई ठगी मुद्धा अन्तरगत कारवाही तथा थप अनुसन्धान भईरहेको छ ।

Leave a Reply

Your email address will not be published.