
जनकपुरधाम ,६ कार्तिक । नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष वरिष्ठ पत्रकार रामानन्द प्रसाद गुप्ताको निधन भएको छ। उपचारको क्रममा उपाध्यक्ष गुप्ताको शुक्रबार राति निधन भएको हो।
रक्तचापका दीर्घरोगी गुप्ताको बुधबार अचानक रक्तचाप बढेपछि परिवारजनले उनलाई विराटनगरस्थित न्यूरो अस्पताल भर्ना गरेका थिए।
गुप्ता सिरहाबाट ब्रोडसिट पत्रिका प्रकाशन गर्ने पहिलो व्यक्ति हुन्। जिल्लामा उनको योगदान अविस्मरणीय रहेको सिरहाका पत्रकारहरुको भनाइ छ। गुप्ताको पार्थिव शरीरमाथि नेपाल पत्रकार महासंघ सिरहा शाखाले झण्डा ओढाएर सम्मान प्रकट गरेको छ ।
उनको असमायिक निधन प्रति सञ्चारकर्मीदेखि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसम्मले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।