
दमक,२६ असोज । दायाँ खुट्टाको घुडामा चोटका कारण क्यान्सर भई उपचार गरिआएका पाँचथर, फिदिम १४ याङसोवा निवासी सुरेन्द्र सेरेङको उपचारमा सहयोग जुट्न थालेको छ ।
कमजोर आर्थिक अवस्था सेरेङको उपचारका लागि उनका परिवार तथा आफन्तजनहरुबाट सहयोग जुट्ने क्रम बढ्दै गएको हो । यसैक्रममा दमक १ निवासी उनकी आफन्त सम्झना साँवाको सक्रियतामा स्वदेश तथा विदेशमा वस्दैआएका नातागोताहरुबाट २ लाख बढी रुपैया संकलन भईसकेको छ ।
उनका अनुसार क्यान्सरवाट उपचार गरिआएका सेरेङको उपचारमा सघाँउन सेरेङ चेलीमाइती तथा नेशनल लाइफ इन्स्योरेन्सका कर्मचारीहरुबाट २ लाख ९ हजार २ सय ४७ रुपैया जुटेको छ । यसरी सहयोग पुरयाँउनेहरुमा यूकेबाट विष्णु सेरेङबाट ५० हजार ५ सय,रिना , किरण सेरेङबाट जनही १६ हजार ,सुर्य जवेगुबाट १० हजार ४ सय ,विवस र विकास जवेगुवाट जनही रु ५ हजार उपलव्ध गराएका छन् ।
यस्तै, दमकबाट कर्णवीर सेरेङ र शान्ति जवेगुवाट १० हजार, दिलकुमार सेरेङ र सम्झना सावाँबाट ३३ हजार ३ सय ३३, पूरणध्वज सेरेङ र अनिता श्रेष्ठ चुलाचुलीवाट १० हजार,देवीमाया सेरेङ र नन्दकुमार माखिम दमकबाट १० हजार, निर्मला सेरेङ र मकरध्वज नेम्बाङ शिवसताक्षीवाट ५ हजार,शान्ति सेरेङ र अग्नि शेर्माबाट ५ हजार, सुवर्ण सेरेङ र प्रशिजित दत्त कोलकत्ताबाट १० हजार ५५ संकलन भएको छ ।
यसैगरि, अरुणकुमार सेरेङ लुङरुपा हाल मलेशियाबाट १० हजार ९५९, दिलमाया सेरेङ र दुर्गावहादुर राई कमलबाट ३ हजार, रनमाया सेरेङ र कुमार मोक्तान काठमाडौवाट ३ हजार, पन्जलि सेरेङ काठमाडौवाट ३ हजार, सुमित्रा सेरेङ र प्रविण तुम्साबाट १५ सय र देवीमाया सेरेङ लावतीबाट १ हजार सहयोग प्राप्त भएको उनले बताईन् ।
यसैगरि, सम्झना सावाँ कार्यरत रहेको दमकको नेशनल लाइफ इन्स्योरेन्सका प्रवन्धक सुमन राईबाट ५ हजार ५, अन्जु सावाँबाट २ हजार ५ , गंगा थापा काठमाडौवाट ३ हजार १३ जनाले स्वेच्छिक सहयोग उपलव्ध गराएका छन् ।
क्यान्सरका कारण देव्रे खुटटा काट्नु परेका सेरेङ हाल भरतपुर क्यान्सर अस्पतालमा उपचाररत छन् । उपचार गर्न खर्च धान्न नसक्ने भएकाले पीडित सेरेङ परिवारले सवैसंग सहयोग अपिल गरिआएका छन् ।
यसैवीच दमकबाट विरामीको उपचारका लागि संकलित सहयोग विरामीको बैक खातामा जम्मा गरिएको सहयोग अभियान सञ्चालन गरिआएकी विरामीका आफन्त समेत भएका सम्झना सावाँले बताईन् । अझैपनि सहयोग जुट्ने क्रममा रहेकाले थप सहयोग प्राप्त हुन साथ विरामीलाई हस्तान्तरण गरिने उनले बताईन् ।