झापा, १८ असोज । झापाको कनकाई नगरपालिका २ सुकेडाँगी का ४२ बर्षीय राज बहादुर राईको रुखबाट लडेर मृत्यु भएको छ । हिजो दिउसो घिरौला टिप्न रुखमा चढेका राई लडेर गम्भिर घाईते भएका थिए ।
घाईते राईको उपचारको लागी बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार गराई थप उपचारको लागी विराटनगर स्थित नोवेल अस्पताल लादैगर्दा हिजो साँझ ६ बजे बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरि खोटाङ दित्तेल रुपाकोट मझुवागढी नगरपालिका ३ बाम्रङ की ६० बर्षीया कमला राईको लडेर मृत्यु भएको छ । हिजो बेलुका ८ बजे आफ्नै घरको बरन्डाबाट लडी गम्भिर घाईते भएकी राईको जिल्ला अस्पताल खोटाङमा उपचारको क्रममा राती साढे ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।