
दमक,१७ असोज । नेकपा माओवादी केन्द्र निकट योङ्ग कम्यनिष्ट लिंग (वाइसिएल ) ले शिवसताक्षीका तीन वटा वडामा वडा कमिटी गठन गरे छ । आज सम्पन्न छुटाछुट्टै वडा सम्मेलनले शिवसताक्षी ७ मा गौरव बजगाईको अध्यक्षतामा २९ सदस्यीय ,वार्ड नम्बर ५ मा चित्र कुमार श्रेष्ठको अध्यक्षता २३ सदस्यीय र वाड नम्बर ४ मा गुरु प्रसाद माझीको अध्यक्षतामा १९ सदस्य वडा कमिटी गठन गरिएको हो ।
शिवसताक्षीको चन्द्रडाँगीमा सम्पन्न भेलाले वडा नम्बर ७ को वाइसीएल कमिटीको सचिवमा बिबेक आचार्य, कोषाध्यक्षमा प्रमिला दर्नाल रहेका चुनिएका छ्न।
जनता बजारमा भएको वार्र्ड नम्बर ५ को भेलाले कमिटीको उपाध्यक्षमा मेघराज ताजपुरिया ,सचिवमा बिक्रम लिम्बु ,सहसचिवमा भैरब ताजपुरिया चयन भएका छन् ।
त्यस्तै वार्ड नम्बर ४ को उपाध्यक्षमा कुलदिप ताजपुरिया ,सचिवमा राजेश ताजपुरिया ,सहसचिवमा बुधकरन राजबंशी र कोषाध्यक्षमा भिमवति माझी चयन भएका छन् ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका झापा जिल्ला सह इन्चार्ज झलक शिह दर्लामी ,प्रदेश कमिटी सदस्य कल्पना कार्की ,नगर अध्यक्ष महेन्द्र भट्टराई लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रममा माओवादी केन्द्रका जिल्ला सहइन्चार्ज झलक सिंह दर्लामी को प्रमुख आतिथ्यतामा प्रदेश सदस्य कल्पना कार्की, जिल्ला सचिबालय सदस्य राम बहादुर राई ,नगर अध्यक्ष महेन्द्र भट्टराई, नगर अध्यक्ष अध्यक्ष इन्द्र नेउपाने उपस्थिति रहेको थियो । त्यस्तै कार्यक्रममा नगर सदस्य कचाली ताजपुरिया भुवन राई ,गणेश बजगाइ,गुलाफी ताजपुरिया ,वाड नम्बर ७ का वडा अध्यक्ष अम्बिका अधिकारी, सचिव चैतु राजबंशी, वार्ड नम्बर ४ का अध्यक्ष शिव बिमली सचीव टेक नारायण राजबन्शी वाड नम्बर ५ का अध्यक्ष हलचल ताजपुरिया, सचिव नरबहादुर लिम्बूलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन पार्टीका जिल्ला सदस्य भुवन राईले गरेका थिए भने स्वागत शिव बिमलीले गरेका थिए ।