
दमक,१६ असोज । विश्वव्यापी रुपमा टू–ह्वीलर तथा थ्री–ह्वीलरको ख्यातिप्राप्त निर्माता कम्पनी, टिभिएस मोटर कम्पनीले दशैतिहार उपहार कार्यक्रम अन्तर्गत इलाम ,चुलाचुलीकी एक जना ग्राहकले रु ८ लाख मूल्य बरावरको मोटरसाइकल पाएकी छन् ।
उक्त कम्पन्नीको दमकका लागि आधिकारिक विक्रेता एएनए ट्रेड प्रालिमार्फत दुई साता अघि खरिद गरेको स्कुटीको लक्की ड्र मार्फत चुलाचुलीकी खड्गीमाया आङदेम्बेले ३१० सीसीको आपाची आरआर मोटरसाइकल पाएकी हुन् ।
एएनए ट्रेड प्रालिका सञ्चाक गनबहादुर अधिकारीका अनुसार देशभरिका डिलरमार्फत खरिद गरिएका मोटरसाइकल तथा स्कुटीको उपहार कुपन समावेश गरि लक्की ड्र गर्दा उनले उपहार जितेकी हुन् ।
उक्त डिलरबाट तिनै आङदेम्बेले पहिलो पटक ठुलो परिणामको उपहार भाग्यमानी ग्राहक बन्न सफल भएकी सञ्चालक अधिकारीले बताए । आज डिलरमा संक्षिप्त कार्यक्रम गरि उपहार मार्फत प्राप्त मोटरसाईकल विजेता आङदेम्बेलाई हस्तान्तरण गरिएको थियो । उपहार बुझदै उनले टिभीएस मोटरसाईल तथा स्कुटी खरिद गरि आफूजस्तै भाग्यमानी बन्न अनुरोध गरिन् ।
टिभीएस कम्पन्नीले सेप्टेम्बरदेखि नोनेम्भवर सम्म तीन महिना सम्म प्रत्येक महिना लक्की ड्र गरि एक जना भाग्यमानीलाई आपाची आरआर ३१० सीसीको मोटरसाइकल प्रदान गर्ने कम्पन्नीले जनाएको छ ।
दमकको डिलरले दशैतिहारमा नयाँ मोटरसाईकल खरिदका लागि आर्कषक सुविधा उपलव्ध गराउदै आएको सञ्चालक अधिकारीले बताए । मोटरसाइकल ,स्कुटी खरिदमा आर्कषक छुट, एक्सचेन्ज,फाइनान्सको समेत व्यवस्था सहित नयाँ खरिदमा रु ७ हजारसम्म स्कयाच उपहारसंगै हेल्मेट,सिटकभर , रेनकोट निशुल्क उपलव्ध गरिएको उनले जानकारी दिए ।