
दमक,१६ असोज । दमक ८ स्थित आकासे पुल दक्षिणमा विगत चारवर्षदेखि सञ्चालनमा रहेको साजन मोवाइल एण्ड रिपेरिङ सेन्टरको थप नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
उक्त मोवाइल सेन्टरले आफना ग्राहकहरुको सुविधालाई मध्यनजर गरि आफनो शाखा यहि असोज २२ गते औपचारिक रुपमा उद्घाटन गरिने तय भएको सञ्चालक साजन शिवाकोटीले बताए । यसअघि पनि त्यस मोवाइल सेन्टरबाट मोवाइल सम्बन्धी सम्पूर्ण सेवा उपलव्ध गराउदैआएको छ ।
सञ्चालक शिवाकोटीले छोटो समयमानै हाम्रो सेवालाई मनपराएरनै आज यस साजन मोवाइल पसलले आफना ग्राहकहरुको सुविधाका लागि थप दोश्रो शाखा विस्तार गर्न सफल भएको वताए । उनले भने,–‘ हामी हाम्रो सेवालाई अझ भरपर्दो,विश्वासिलो बनाउदै ग्राहकहरुलाई मोवाइल खरिद तथा मर्मत सम्बन्धी सवै किसिमका सुविधा पुरयाँउने प्रतिवद्धता समेत व्यक्त गर्न चाहन्छौं ।’
मोवाइल सेन्टरको उद्घाटनसंगै दशै,तिहार,छैठ पर्वका अवसर पारेर विभिन्न ब्राण्डका मोवाइल खरिदमा आर्कषक छुटको समेत व्यवस्था गरिएको सञ्चालक शिवाकोटीले बताए ।