
दमक,१४ असोज । जिल्लाको कमल गाउँपालिका वडा न ४ वंगुर पकेट क्षेत्रका ५० जना बंगुरपालन किसानलाई गाउँपालिकाले व्यवसाय प्रवद्र्धनका लागि अनुदान दिएको छ ।
किसानको व्यवसाय प्रवद्र्धनमा सघाँउ पुरयाँउन उद्देश्यले पालिकाले यसवर्ष वंगुरपालक किसानलाई रु २० लाख अनुदान दिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले व्यवसायिक रुपमा वंगुरपालन व्यवसाय गर्दै आएका वडा नम्वर ४ का ५० जना कृषकलाई व्यवसायतर्फ अभिप्रेरित गराउन अनुदान पाएपछि स्थानीय वंगुर किसान खुसी भएका हुन् ।
गाउँपालिकाले स्थानीय नवोदय सहकारी मार्फत बगुरका पाठा खरिद, गोठ सुधार , औषधी लगायतमा ५० प्रतिशत साझेदारीमा रु २० लाख रुपैया कृषकलाई उपलब्ध गराएको थियो ।
गाउँपालिकाले वडा नम्वर ४ लाई बंगुर पकेट क्षेत्र घोषणा गरेको र त्यसै अनुरुप कार्यक्रम सञ्चालन गरिआएको गाउँँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले बताईन् ।
उनका अनुसार व्यवसायिक रुपमा वंगुरपालन किसानलाई पालिकाले सहयोग उपलव्ध गराउदै आएपछि स्थानीय किसानमा व्यवसाय उत्साह झनै बढाउदै गएको छ ।
जिल्लाकै बंगुरपालन व्यवसायमा यस वडालाई नमुनाका रुपमा लिने गरिन्छ । त्यहाँका ५० जना बढी किसानले व्यवसायिक रुपमा वंगुरपालन गरिआएको र यसवाट व्यवसायिक रुपमा समेत राम्रो आम्दानी दिन थालेपछि यति बेला सबैको रोजाईमा वंगुरपालन व्यवसाय पर्न थालेको स्थानीय किसान मनबहादुर राना मगरले बता । राना बंगुर फर्मका सञ्चालक रानामगरले किसानलाई थप व्यवसायिक बनाउन एक,दुई वटा माउ बंगुर हुने कृषकलाई समेत अनुदान दिन सकिए त्यसले लक्षित कार्यक्रम सफल हुने बताउँछन् ।
गाउँपालिकाले संघीय सरकारको कार्यक्रममार्फत पालिकाले अनुदान उपलव्ध गराएको र त्यसबाट किसानका लागि व्यवसायिक प्रवद्र्धनमा सहयोग पुगेको गाउँपालिकाका पशुसेवा शाखाका प्रमुख दिपेन्द्र लामिछानेले बताए ।