
पथरी,७ असोज । पथरीशनिश्चरे नगरपालिका अन्तर्गत वडा नं १ को नेपाली काँग्रेस वडा समितिका सभापति लगायत सबै क्षेत्रिय प्रतिनिधिहरुहरु चुनिएका छन् । निर्वाचन समितिले बुधबार वेलुकी नगरकै अति महत्वपूर्ण मानिएको उक्त वडा अधिवेशनबाट वडासभापतिसहित क्षेत्रीय प्रतिनिधिहरुको मत परिणाम सार्वजनिक गरेको हो । कूल २३५ मतमध्यें २२० मत मात्र खसेको थियो ।
जसमा, वडा सभापतिका उम्मेदवार विरेन्द्र प्रसाद प्रसाईँले १२१ मत प्राप्त गरि विजय हासिल गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी काजि सावाले ८९ मत पाएका थिए । त्यस्तै,वडा सचिव पदमा सञ्जय लिम्बू (१३५ ) र सुमन विक ( ११४ ) मत प्राप्त गरेर विजयी भएका छन् ।
वडा सहसचिवमा कोष बहादुर बिष्टले १३१ मत ल्याएर निर्वाचित भए भने पूर्ण बहादुर जिमीले ९१ मत पाएका थिए।
आदिवासी जनजाति पुरुष तर्फको क्षेत्रिय प्रतिनिधिका रुपमा प्रतीत सुब्बा ( १३१ ) र विक्रम लिम्बू ( १४१ ) मत प्राप्त गरि विजयी भएका थिए । यस्तै, आदिवासी जनजाती महिला तर्फको क्षेत्रिय प्रतिनिधिका रुपमा सीता धिमाल (१२६ ) मत ल्याई विजयी भइन् ।
यसैगरी , क्षेत्रिय प्रतिनिधि ( मधेशी ) बाट दिनाकर मण्डल र रिता कुमारी शाहले १०५ बराबरको मत प्राप्त गरेका थिए ।यसैगरी , क्षेत्रिय प्रतिनिधि (खुल्ला तर्फ ) मा रोशन पराजुली (१५२ ), लोकनाथ खरेल (१३१ ), धनकुमार तामाङ (१२८),ठाकुर प्रसाद लिम्बू (११४ ), रूपनारायण भट्टराई (१११) , हेमन्त सुवेदीले (१०६ ) मत प्राप्त गरि विजयी भएका छन्।
महिलातर्फ क्षेत्रिय प्रतिनिधिमा विना राई (१३८) , विष्णु कुमारी बिष्ट (१३०) र गीता अधिकारीले ९० मत ल्याएर विजयी भईन् ।
क्षेत्रिय प्रतिनिधिका पुरुष पदका लागि सुविन पराजुलीले १२९ मत पाई विजयी भएका हुन् भने महिला पदमा कविता पराजुलीले १२२ मत पाएर विजयी भएका हुन् । दलित गणेश नेपालीले १४० मत प्राप्त गरेर विजयी भएका छन् । यसैगरी, गत मंगलबार पनि १६ जना सर्वसम्मत चयन भएका थिए ।
सर्वसम्मत चयन हुनेहरू सुरेश भट्टराई ( खस आर्य )बाट क्षेत्रीय प्रतिनिधिमा दिनेश राई र वडाउपसभापतिमा मिलन श्रेष्ठ तथा सदस्य पदमा मनोरथ मिश्र, सत्न बहादुर धिमाल , मदन धिमाल , राजु मादेन , पदमलाल न्यौपाने, सुमन राई , विमला कार्की ,रूकमणी फूयाल , दुर्गा भट्टराई , शशीकला राजभण्डारी , पद्मा कुमारी ओख्राबु सर्वसम्मत निर्विरोध निर्वाचित चयन भएका थिए ।