
दमक,५ असोज । झापा, कमल गाउँपालिका वडा न. ३ केर्खा निवासी शैक्षिक व्यक्तित्व गौरीमान फागोले नेपाली कांग्रेसको केन्द्रीय महाधिबेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेका छन् ।
कांग्रेसको आसन्न महाधिबेशन अन्तर्गत झापा ,क्षेत्र न. ५ को अधिबेशनमा उनले आदिवासी ÷जनजातिको कोटातर्फ वाट उम्मेदवारी प्रस्तुत गरेका हुन् । आफनो उम्मेदवारी घोषणा गर्दे उनले पार्टी संगठन निर्माण गर्नका लागि उम्मेदवारी प्रस्तुत गरेको बताउँछन् ।
कांग्रेसको आदिवासी जनजाति विभाग क्षेत्र न. ५ का सभापति समेत रहेका फागोले अगाडी भने , –‘ पार्टीमा जिम्मेवारी लिएर सेवा पुरयाँउन ध्येयले नै उम्मेदवार बन्ने निधो गरेको हुँ । ’ स्थानीय लालिमा अंग्रेजी बोर्डिङ स्कुलका संस्थापक प्रिन्सीपल तथा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ( प्याव्सन ) झापाका बरिष्ठ उपाध्यक्ष समेत रहेर शैक्षिक क्षेत्रमा क्रियाशील रहेका उनले शैक्षिक सेवासंगै राजनीतिबाट समेत आफूले सकेको योगदान दिन उम्मेदवारी दावी रहेको जिकीर गरे । पार्टी संगठनमा क्रममा दिएको जिम्मेवारी पूरा गरिआएको उल्लेख गर्दे उनले भने, –‘ पार्टीमा काम गर्नका लागि मेरो उम्मेदवारी हो, यहाँहरुको अमूल्य सहयोगको समेत अपेक्षा गरेको छु । ’