कमलकी नेतृ सुब्बाद्धारा जसपा परित्याग

दमक, ५ असोज । कमल गाउँपालिका वडा न. ५ की महिला नेतृ चन्द्रकला सुब्बाले जनता समाजवादी पार्टी नेपाल परित्याग गरेकी छिन् ।
सुब्बाले आज विज्ञप्ति निकालेर जसपा परित्याग गरि स्वतन्त्र रहने घोषणा गरेकी छिन् । केहि महिना अघि दमकको एक कार्यक्रमका बीच सुब्बा जसपा प्रवेश गरेकी थिइन् । तर जसपा विभाजन भएसंगै उनी निस्कृय गरहदैआएकी थिइन् ।
उनले विज्ञप्तिमा आफनो काम विशेषले पार्टीको जिम्मेवारीमा बसेर काम गर्न नसक्ने भएकाले आजका मितिदेखि जसपा नेपाल परित्याग गरि राजनीतिक रुपले स्वतन्त्र रहने उल्लेख गरेकी छिन्
कमल ५ मंगलवारे निवासी नेतृ सुब्बा महिला अधिकारसंगै किरात याक्थुङ चुम्लुङ कमलकी कोषाध्यक्ष, नेपाल आदिवासी जनजाति महासंघ कमलको सल्लाहकार ,मंगलवारे टोल विकास संस्थाकी अध्यक्ष भएर सामाजिक क्षेत्रमा क्रियाशील रहेकी छिन् ।

Leave a Reply

Your email address will not be published.