कियाचु युकेको नयाँ नेतृत्व

झापा,४ असोज । लिम्बू समुदायको प्रतिनिधिमूलक जातिय संस्था किरात याकथुङ चुम्लुङ बेलायतको नयाँ नेतृत्व चयन भएको छ । आइतवार सम्पन्न दशौं महाधिबेशनले नरबिर आङवोको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सर्वसम्मत निर्वाचित समितिको पाँच उपाध्यक्षमा अमृता पालुङवा, खगेन्द्र लावती ,गणेश इजम, सन्तकुमार हुक्पा चोङवाङ, यदुचन्द्र लावती चुनिएका छन् । यस्तै महासचिबमा जुरेन्द्र खेजुम्हाङ, सचिवमा तारा प्रसाद कंन्दङवा,सहसचिवमा सानु सुब्बा, कोषाध्यक्षमा दिपेन्द्र यक्सो,सहकोषाध्यक्षद्धयमा जीवन प्यारा मादेन र नरप्रसाद लिम्बू सावेन्हिन चुनिएका छन् ।

Leave a Reply

Your email address will not be published.