
बिर्तामोड, २७ भदौ । दिवंगत पितृको स्मृतिमा जिल्लाको झापा गाउँपालिका -१ का न्यौपाने परिवारले वडा कार्यालयका लागि दुई कठ्ठा जमीन उपलव्ध गराएका छन् । नेपाली कांग्रेसका स्थानीय नेता तथा समाजसेवी स्वर्गीय वेदनिधि न्यौपानेको स्मृतिमा उनको परिवारले वडा कार्यालय निर्माणका लागि जग्गा प्रदान गरेका हुन् ।
वडा कार्यालय भवन निर्माणका लागि न्यौपाने परिवारले दान गरेको जग्गामा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले भवनको शिलान्यास गरेका छन्।
स्वर्गीय न्यौपानेकी पत्नी वेदमाया न्यौपाने, छोराहरु दुर्गाप्रसाद न्यौपाने र खगेन्द्र न्यौपानेले सो जग्गा वडालाई दिएका हुन् ।कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष राजकुमार यादवलगायत स्थानीयको उपस्थिति रहेको थियो ।