सिंहदेवी आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन

कमल, २६ भदौ । कमल ७ विष्णुकठ्ठास्थित सिंहदेवी आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन गरिएको छ । शुक्रवार विद्यालयकी प्रधानाध्यापक इन्दिरा देवी खनालको अध्यक्षतामा बसेको विद्यालय व्यवस्थापन समितिको पूर्ण बैठकले नयाँ विद्यालय व्यवस्थापन गठन गरेको हो ।
नौ सदस्यीय गठित समितिको अध्यक्षमा ओमनाथ तिम्सीना,सदस्यसचिवमा प्रअ खनाल ,सदस्यमा शिक्षक प्रतिनिधितर्फ लक्ष्मण रेग्मी, जनप्रतिनिधितर्फ भोजकुमार ढुंगेल तथा अन्य सदस्यहरुमा सन्तोष राई, चेसुङ सुब्बा लिम्बू,जित बहादुर राई, शान्ता खड्का र निर्मला राई चुनिएका छन् ।
गत भदौ १८ गते अभिभावकहरुको भेलाले चार जना अभिभावकलाई विद्यालय व्यवस्थापन समितिमा छनौट गरेको थियो भने २३ गतेको अभिभावक,शिक्षकसहित जनप्रतिनिधिको बैठकले थप दुई जना मध्ये शिक्षाप्रेमीका रुपमा ओमनाथ तिम्सीना र चन्दादाताका तर्फवाट चेसुङ सुब्बालाई सदस्यका रुपमा मनोनित गरेको थियो । यसरी नौ सदस्यीय समितिको बैठकले विद्यालय व्यवस्थापन समितिलाई पूर्णता दिएको विद्यालय व्यवस्थापन समितिका सदस्य सन्ता्ेष राईले बताए ।

Leave a Reply

Your email address will not be published.