पिकअपको ठक्करबाट झापामा एक बालकको मृत्यु

दमक,१८ भदौं । झापाको कमल गाउँपालिका ५ स्थित निर्माणाधिन आदिवासी रङशाला सडक खण्डमा आज भएको सवारी दुर्घटनामा परेर एक जना बालकको ज्यान गएको छ ।
पिकअपको ठक्करबाट सर्लाही भक्तिपुर गाउँपालिका ३ ईश्वरपुर घर भई घुमन्तेका रुपमा सो ठाउँमा पाल टागेर बस्दै आएका लोहरा कापरीको ४ बर्षिय छोरा मानवको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
प्रहरीका अनुसार आज दिउँसो साढे ११ बजेतिर पश्चिम आउदै गरेको प्रदेश ०३–००१ च ०३६४ नम्बरको पिकअप गाडीले बाटो काट्दै गरेका बालकलाई ठक्कर दिँदा बालकको घटनास्थलमानै मृत्यु भएको थियो ।
प्रहरीले दुर्घटनामा संलग्न पिकअप र चालक जिल्ला मकवानपुर हेटौडा नगरपालिका वडा न. ११ का २४ बर्षीय अजय पाख्रिनलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरी निरीक्षक अनिल मावोहाङले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.