अर्जुनधारामा महिलाको शव फेला,श्रीमान पक्राउ

झापा ,१४ भदौं । झापाको अर्जुनधारा ६ स्थित बिहानी टोलमा आज बिहान एक जना महिलाको शव फेला परेको छ। अन्दाजी ३५ वर्षीया सावित्रा खड्का विश्वकर्माको शव फेला परेको प्रहरीले जनाएको छ।
स्थानीय सुजन च्याउ उद्योगको कम्पाउन्ड अगाडिपट्टि हातमा पैसा समाएको अवस्थामा सावित्राको शव फेला परेको हो। शवको पछाडिपट्टिको भागमा जलेको जस्तो देखिएको प्रहरीले जनाएको छ।

उनको परिवार लामो समयदेखि अर्जुनधारा ६ मा डेरामा बस्दै आएको स्थानीयबासीले बताएका छन्। आइतबार साँझ सावित्राको उनकै पतिसंग सामान्य विवाद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। घटनाका बारे मृतकका श्रीमान नारायणलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ती महिलाको करेन्ट लागेर मृत्यु भएको हो वा अरु नै कारणले भएको हो भन्ने पोष्टमार्टम रिपोर्टबाट थाहा हुने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताए । शवलाई पोष्टमार्टमको लागि लगिएको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.