
दमक,११ भदौ । झापा, कमल गाउँपालिका ५ का निवासी नेपाली कांग्रेसका युवा नेता दिनेश अधिकारीले आसन्न अधिबेशनमा क्षेत्रीय प्रतिनिधिका लागि उम्मेदवारी घोषणा गरेका छन् ।
पार्टीको वर्तमान क्षेत्रीय सदस्य समेत रहेका अधिकारीले पार्टी संगठनमा काम गर्न क्षेत्रीय प्रतिनिधि हुदै थप जिम्मेवारी सम्हाल्न आफनो दावी प्रस्तुत गरेका हुन् । लामोसमयदेखि पार्टी गतिविधिमा क्रियाशील रहिआएका उनले पार्टीमा काम गर्नका लागि आफूले आकांक्षी लिएको भन्दै सहयोगका लागि आग्रह समेत गरेका छन् ।
पाडाजुंगी निवासी अधिकारी हार्डवेयर व्यवसायसंगै आभाष बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ,पार्टीद्धारा गठित सहकारी विभागको जिल्ला सदस्यका रुपमा रहेर पार्टी गतिविधिमा क्रियाशील छन् । आफूले कुनै गुटउपगुट भन्दा माथि उठेर पार्टीमा योगदान पुरयाँउनका लागि जिम्मेवारी लिन चाहेको सुनाए । उनले भने,–‘ मलाई अवश्य पार्टीका सवै कार्यकर्ताहरुको सहयोग प्राप्त हुने विश्वास छ ।’
पार्टी विधान अनुसार कमल ५ बाट १५ जना क्षेत्रीय प्रतिनिधि चयन हुने छन् । वडामा १९५ जना क्रियाशील सदस्य छन् । क्रियाशील सदस्य संख्याका आधारमा वडाबाट ६ खुल्ला, ३ महिलासहित आदिवासी,जनजाति आरक्षित गरि १५ जना क्षेत्रीय प्रतिनिधि चुनिने पार्टी वडा सभापति एकराज प्याकुरेलले वताएका छन् ।