मोटरसाइकलको ठक्करबाट भद्रपुरमा गर्भवती महिलाको मृत्यु

झापा , भदौ १० । भद्रपुरमा मोटरसाइकलको ठक्करबाट गएराति एक गर्भवती महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका– ९ निवासी २३ बर्षीया दीक्षा प्रसाई (चम्लागाई ) रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार मेची राजमार्गको चारआली–केचना सडकअन्तरगत भद्रपुर– ९ स्थित लक्ष्मी चोकमा राति ८ बजे भद्रपुरबाट चारआलीतर्फ जाँदै गरेको बा २७ प ६४२२ नम्बरको मोटरसाइकलले पैदलयात्री दीक्षालाई ठक्कर दिएको थियो ।
मोटरसाइकलको ठक्करबाट गर्भवती दीक्षाको टाउको, दुवै हात र घुँडामा चोट लाग्नुका साथै पेटभित्रको बच्चाको धड्कन नचलेपछि ओम साई पाथीभरा हस्पिटल भद्रपुरले थप उपचारका लागि राति नै लाइफलाइन अस्पताल दमक पठाएको थियो । दमक पुरयाँउनासाथ उनको मृत्यु भएको थियो ।
मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउने चालक मेचीनगर नगरपालिका–१३ निवासी ३६ वर्षीय मनप्रसाद तिवारीलाई प्रहरीले नियन्त्रणमा लिएको डिएसपी राकेश थापाले बताए ।

Leave a Reply

Your email address will not be published.